काठमाडौ – शिक्षक सरुवा गरिदिएवापत एक लाख रुपैया घुस खाने शिक्षा अधिकृतलाइ अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नियन्त्रणमा लिएको छ । 

शिक्षक सरुवा गर्न सहजीकरण गरिदिएवापत सेवाग्राहीसँग घुस माग गरिरहेको भन्ने सूचनाका आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग, टंगालबाट खटिई गएको टोलीले सेवाग्राहीबाट १ लाख रुपैयाँ घुस लिइसकेको अवस्थामा उनलाई नियन्त्रणमा लिएको हो ।

ललितपुर महानगरपालिका, शिक्षा महाशाखामा कार्यरत शिक्षा अधिकृत शेषकान्त पौडेल विरुद्ध भ्रष्टाचार मुद्धा दर्ता भएको छ । शिक्षक सरुवा गर्न सहजीकरण गरिदिएवापत सेवाग्राहीसँग १ लाख रुपैयाँ घुस लिने शिक्षा अधिकृत पौडेल विरुद्ध भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा १ बमोजिम जरिवाना र कैद सजायको मागदावी लिई आज बिशेष अदालत, काठमाडौंमा मुद्धा दर्ता गरेको अक्तियार दुरुपयोग अनुसन्धान आयोगले जनाएको छ ।