काठमाडौं – उपराष्ट्रपति कार्यालयका सचिव टेकनारायण पाण्डेलाई प्रहरीले पक्राउ गरेको छ ।
पाण्डे नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका हुन् । बयानका क्रममा पक्राउ परेकाहरूले पाण्डेको नाम मुछेपछि सोधपुछका लागि पाण्डेलाई प्रहरीले पक्राउ गरेको हो । उनी गृहसचिव हुँदा नक्कली भुटानी शरणार्थी बनाउन संलग्न भएको प्रहरीको प्रारम्भिक अनुसन्धानले देखाएको छ ।
यस अघि मंगलबार मात्रै नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने ठगी धन्दामा संलग्न भएको आरोपमा तत्कालीन गृहमन्त्री रामबहादुर थापा (बादल) का सुरक्षा सल्लाहकार इन्द्रजित राईलाई प्रहरीले पक्राउ गरेको थियो ।
पक्राउ परेका व्यक्तिहरूले बयानमा पाण्डेको संलग्नता रहेको बताएपछि उनी पक्राउ परेका हुन् । त्यसअघि प्रहरीले सोही घटनामा संलग्न केशव दुलाल, टंककुमार गुरूङ, सानु भट्टराई र सागर राईलाई पक्राउ गरिसकेको छ ।
पक्राउ परेकाहरूले ५ देखि ४५ लाखसम्म रुपैयाँ उठाएर भुटानी शरणार्थी बनाइ अमेरिका पठाउने गरेको उनीहरूमाथि आरोप लागेको छ ।
0 comment