काठमाडौं – रोल्पामा अबैध रुपमा लगाइएको अफिम खेती प्रहरीले नष्ट गरेको छ ।
थबाङ गाउँपालीका ५ बारबिङको बान्देखर्क भन्ने स्थानमा १६ रोपनी क्षेत्रफलमा लगाइएको २२ हजार ३ बोट अबैध अफिम खेती हिजो प्रहरीले नष्ट गरेको हो ।
जिल्ला प्रहरी कार्यालय रोल्पाका डीएसपी श्यामकुमार सारुमगरले भन्नु हुन्छ अफिम खेती गर्ने व्यक्ती र जग्गा धनि पत्ता लगाउन निकै कठिन हुने गरेको छ ।
प्रहरीले स्थानिय सँग बुझ्न खोज्दा कसैले पनि यसबारेमा बोल्न नचाहने र प्रहरी गाउँमा पुगेपछि स्थानिय घरमा नभेटिने गरेकाले यसको पहिचानमा झनै समस्या हुने गरेको डीएसपी मगरले बताउनु भएको छ ।
अफिम खेती गर्ने मान्छेको पहिचान भएमा कानुन बमोजिम कारवाही गर्ने उहाँले जानकारी दिनु भयो । नेपालमा गरिबीको संख्या बढ्दै गएकाले छिटै धनि हुने उदेश्यले पनी यसरी अबैध रुपमा अफिम खेती गर्ने क्रम पनि बढेको हुन सक्ने जिल्ला प्रहरी कार्यालय डीएसपी श्यामकुमार सारुमगरले बताउनु भएको छ ।
यसअघि पनि रोल्पाका विभीन्न स्थानबाट ३३८ रोपनीमा लगाएको ५ लाख ४९ हजार १ बोट अबैध अफिम खेती प्रहरीले नष्ट गरेको थियो ।
0 comment