काठमाडौ – नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले प्रचण्डले दम्भ देखाए कुनै पनि बेला गठबन्धन तोडिने चेतावनी दिनु भएको छ । 

वीरेन्द्रनगरमा आयोजित पत्रकार सम्मेलनमा बेल्दै अध्यक्ष नेपालले उक्त कुरा बताउनु भएको हो । यदि गठबन्धन टिकाउने हो भने सबैलाई सम्मानजनक व्यवहार हुनुपर्ने बताउनु भएको छ ।

अध्यक्ष नेपालले, भ्रष्टाचार, सबै खालका विकृतिबाट टाढा रहने र अरू भन्दा भिन्न देखिन पनि पार्टीका नेता कार्यकर्तालाई उहाले निर्देशन दिनुभएको छ । कर्णाली प्रदेशमा आफ्नो पार्टीलाई सत्ता गठबन्धनले बेवास्ता गरेको पनि उहाले आरोप लगाउनु भएको छ ।

सत्ता गठबन्धनले देश र जनताको पक्षमा काम गरोस् भन्ने आफ्नो अपेक्षा रहेको पनि जनाउनु भएको छ ।