काठमाडौं – नेकपा एमालेका सांसद लक्ष्मी महतो कोइरी निलम्बित भएका छन् ।
प्रहरी प्रधान कार्यालयले आइतबार सांसद महतो फरार रहेको भन्दै संसद सचिवालयलाई पत्र पठाएपछि सभामुखले कोइरीलाई निलम्बन गरेका हुन् ।
प्रेमबहादुर बिकले दिएको जाहेरीमा महोत्तरी जिल्ला अदालतले महतोलाई एक लाख धरौटीमा रिहा गर्न आदेश दिएको थियो । उक्त आदेशलाई उच्च अदालत जनकपुरले उल्टाएर पुर्पक्षका लागि थुनामा राख्ने आदेश दिएको थियो । सांसद महतोले पटक–पटक तारेख गुजार्दै आएका छन् ।
मंसिर ४ गते सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा सांसद कोइरी महोत्तरी १ बाट निर्वाचित भएका थिए । थमन बिकलाई घेरा हाली कुटपिट गरी हत्या गरेको उनीमाथि अभियोग लागेको छ ।
0 comment