काठमाडौं - भारतबाट पेट्रोलियम पदार्थको मूल्य घटेर आएको छ। 

इन्डियन आयल कर्पोरेसन (आइओसी) ले पठाएको नयाँ मूल्यसूची अनुसार पेट्रोलमा प्रतिलिटर ४.३७, डिजेलमा प्रतिलिटर ४.१६, मट्टितेल प्रतिलिटर ३.४८, हवाई इन्धनमा २.९५ र ग्यासमा प्रतिसिलिन्डर ३०९.५१ रुपैयाँ घटेर आएको हो। 

नेपाल आयल निगमले अरूमा नाफा भए पनि एलपीजी ग्यासमा अझै २१८ रुपैयाँ घाटा रहेको जनाएको छ।