काठमाडौं - राष्ट्रपति रामचन्द्र पौडेलले आफ्नो उपचार खर्च आफैँ व्यहोर्ने भएका छन्। 

राष्ट्रपतिका प्रेस संयोजक खिला कार्कीले मंगलबार प्रेस नोट जारी गर्दै राष्ट्रपति पौडेलले आफ्नो खर्च आफैँ व्यहोर्ने जानकारी गराएका छन्।

पेटमा समस्या देखिएपछि राष्ट्रपति पौडेललाई त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा भर्ना गरिएको थियो। यहाँ उपचारका क्रममा सुधार नभएपछि थप उपचारका लागि राष्ट्रपति पौडेललाई बैशाख ६ गते भारत लगियो थियो। 

उनको भारतको नयाँ दिल्लीस्थित अखिल भारतीय आयुर्विज्ञान संस्थान (एम्स)मा उपचार गरिएको थियो। एक साता बढि लामो उपचारपछि राष्ट्रपति पौडेल आइतबार राति स्वदेश फर्किएका थिए।