काठमाडौं - मकवानपुरको थाहा नगरपालिका-७ का वडाध्यक्ष शिवराज थिङ २०२ केजी गाँजासहित पक्राउ परेका छन्।
जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायव उपरीक्षक टेकबहादुर कार्कीका अनुसार वडा अध्यक्ष शिवराजसँगै भीमलाल थिङ र इन्द्रबहादुर थिङ पक्राउ परेका छन्।
लागूऔषध नियन्त्रण ब्यूरो र जिल्ला प्रहरी कार्यालयबाट खटिएको संयुक्त टोलीले भीमबहादुर र शिवराजको घरबाट ३० वटा पोकामा २७ केजी र इन्द्रबहादुरको घरबाट १० वटा बोरामा १७५ केजी लागूऔषध गाँजा फेला पारेको थियो।
पक्राउ परेका उनीहरूमाथि अनुसन्धान भइरहेको मकवानपुर प्रहरीले जनाएको छ।
0 comment