काठमाडौं - नेपाल पेट्रोलियम डिलर्स राष्ट्रिय एसोसिएसनले पेट्रोलियम पदार्थको मूल्यमा देशभर एकरुपता नभए आन्दोलन गर्ने निर्णय गरेको छ ।
शनिबार र आइतबार गोरखामा आयोजित एसोसिएसनको ४४ औँ साधारणसभाले यस्तो निर्णय गरेको हो । अहिले निगमले काठमाडौंको डिपोलाई केन्द्र मानी १५ किलोमिटर टाढाका पम्पमा ढुवानी भाडा जोडेर बेच्ने गरेको छ । जसले गर्दा पहाडि जिल्लामा पेट्रोलियम पदार्थको मूल्यमा एकरुपता छैन ।
अमलेखगञ्ज डिपो, काठमाडौं डिपो, पोखरा डिपोहरूमा अहिले पेट्रोलको मूल्य प्रतिलिटर १७५ रुपैयाँ र डिजेलको मूल्य प्रतिलिटर १६५ रुपैयाँ छ । तर गोरखा, लम्जुङ, तनहूँसम्म आइपुग्दा २.४६ रुपैयाँ जोडेर बेच्ने गरिएको बताउँदै उनले भने, ‘हाम्रो माग एक महिनाभित्र सम्बोधन नभएकाको खण्डमा आन्दोलन गर्ने निर्णय भएको छ। साधारण सभाको निर्णयअनुसार निगमसँग आवद्ध व्यवसायी मिलेर माग सम्बोधन गर्न मन्त्रीसमक्ष मागपत्र पेश गर्नेछौँ ।’
कार्यक्रमका प्रमुख अतिथी नेपाल आयम निगमका कार्यकारी निर्देशक उमेश थानीले नेपाल भइरहेको राजनीतिक अस्थिरता र भर्खर तीन तहको निर्वाचन सम्पन्न भएकाले आफ्नो कार्यकालयमा सोचे अनुरुप काम गर्न नसकिएको बताए । कार्यक्रममा नेपाल आयल निगमका नायव कार्यकारी निर्देशक वीरेन्द्र गोइत, नेपाल आयल निगम अमलेखगंजका निर्देशक एवं प्रमुख विनितमणि उपाध्यक्ष, पूर्वस्वास्थ्य राज्यमन्त्री हिरा केसी, पूर्वआपूर्ति मन्त्री कन्चनचन्द्र बादे, नेपाल पेट्रोलियम ढुवानी महासंघका अध्यक्ष मनोजकुमार दास, नेपाल एलपी ग्याँस उद्योग संघका अध्यक्ष कुश प्रसाद मल्लिक, माछापुच्छे बैक लिमिटेडका सिई टिका भट्टराई, गोरखा नगरपालिकाका प्रमुख कृष्ण राना, देशभरिका पेट्रोलियम पदार्थ कारोबारमा आबद्ध व्यवसायी, उद्योग वाणिज्य महासंघका पदाधिकारी, जनप्रतिनिधिलगायत उपस्थित थिए।
साधारण सभामा एसोसिएसनका सचिव र कोषाध्यक्षको प्रतिवेदन सर्वसम्मतले पारित भएको थियो । पूर्वी गण्डक पेट्रोलियम डिलर्स राष्ट्रिय एसोसिएसनको आयोजनामा आइतबार कार्यक्रम सम्पन्न भएको हो ।
0 comment