काठमाडौं - वीर अस्पतालकी एक नर्स झुण्डिएको अवस्थामा मृत फेला परेकी छन् ।  

शनिबार राति कान्तिबाल अस्पतालमा कार्यरत डा. सुजन ढकालको बोहराटारस्थित घरमा ३४ वर्षीया अनुमा श्रेष्ठ झुण्डिएको अवस्थामा मृत फेला परेको प्रहरीले जनाएको छ। श्रेष्ठ वीर अस्पतालको ग्यास्ट्रो मेडिसिन वार्डको नर्सिङ इन्चार्ज समेत हुन‍्। 

काठमाडौं उपत्यका प्रहरी कार्यालय मेट्रोका प्रवक्ता हिमालय श्रेष्ठका अनुसार दुई महिनादेखि काठमाडौं बाहिर रहेका डा. ढकालको घरमा उनका बुवा आमा मात्रै हुनुहुन्थ्यो । थप अनुसन्धान भइरहेको छ । 

श्रेष्ठ मृत फेला परेपछि सुजनका परिवारले प्रहरीलाई खबर गरेको थियो । प्रहरीले घटनास्थलबाट सुसाइड नोट समेत फेला पारेको छ । 

अनुमा र डा.सुजन लामो समयदेखि प्रेम सम्बन्धमा रहेको बुझिएको छ।