काठमाडौं - सङ्खुवासभाको मकालु गाउँपालिका–३ र ५ निर्माणाधिन अरुण–३ जलविधुत् आयोजनाको डाइभर्सन टनेल पहिरोले पुरेको छ ।
आज बिहान टनेलबाट बाहिर पानी निस्कने ठाउँमा पहिरो खस्दा अरुण नदी थुनिएको हो । टनेलबाट करिब २५ प्रतिशमात्र पानी बाहिर निस्किएको छ ।
अरुण नदीलाई बहाब परिवर्तन गरी ४२९ मिटर लामो डार्भन्सन टनेलमार्फत् मोडिएको थियो । आयोजनाको बाँध निर्माणका लागि अस्थायी बाँध निमार्ण गरी डाइभर्सन टनेलमार्फत् पानी पठाईएको थियो । टनेल बन्द भएपछि १८ मिटर अग्लो बाँधमा पानी जम्मा भएको छ । बाँधका कारण करिब २ किलोमिटर भन्दा लामो ताल बन्नेको आयोजनाले जनाएको छ । बाँध भरिएर पानी बाहिर निस्कन लागेको स्थिती छ ।
पक्की बाँध भएकाले तत्काल बाँध नफुटे पनि पहिरो खस्ने क्रममा नरोकिएकाले लामो समयसम्म पानी जम्मा भएमा खतरा हुने देखिन्छ । पहिरोका कारण उत्तर दक्षिण कोशी सडक समेत जोखिमा छ ।
नदी थुनिएपछि आयोजनाको बाँध निर्माण स्थलको काम समेत रोकिएको छ भने आयोजनाका कामदारलाई सुरक्षित स्थानमा सरिएको छ ।
टनेलबाटै पानी निकाल्ले प्रयास भइरहेको आयोजनाले जनाएको छ । अस्थायी बाँधबाट पानी बाहिर निस्कदा निर्माणधिन बाँधमा समेत क्षति पुग्ने देखिन्छ ।
0 comment