काठमाडौं – दाङको तुलसीपुरमा स्कारपियो र अटो एक आपसमा ठोक्किँदा आटोमा सवार ३ जना घाईते भएका छन् । 

यसरी घाइते हुनेमा अटोमा सवार तुलसीपुर १९ संग्राम निवासी २४ वर्षीय सृजना खड्का, सोही ठाउका पुनराज खड्काका ६ महिने छोरा सुप्रिन खड्का र सल्यानको त्रिवेणी गाउँपालिका ३ लुहाम निवासी २१ वर्षीय विमला रावत रहेको इलाका प्रहरी कार्यालय तुलसीपुरले जानकारी दिएको छ ।

दुधरासबाट संग्राम तर्फ जादै गरेको बा १३ च ४०१६ नम्बरको स्कारपियो र विपरित दिशाबाट आँउदै गरेको रा १ ह ४१४६ नम्बरको अटो दुधरास नजिक एक आपसमा ठोक्किँदा उक्त दुर्घटना भएको प्रहरीले जनाएको छ । 

घाइतेको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा उपचार भइरहेको र दबै सवारी साधन सहित चालकलाई नियन्त्रण लिएर घटनाको विषयमा थप अनुसन्धान भई रहेको प्रहरीले जनाएको छ ।