काठमाडौं – १४ वर्षीया २ जना किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।
यसरी पक्राउ पर्नेमा काभ्रेपलाञ्चोक मण्डनदेउपुर नगरपालिका २ बस्ने २२ वर्षीय कर्मा तामाङ रहेको प्रहरीले जनाएको छ ।
भक्तपुर नगरपालिका १० कमलबिनायकस्थित एक होटलमा ती किशोरीलाई पु¥याई विभिन्न प्रलोभन देखाई शुक्रबार राति जरबजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा जिल्ला प्रहरी परिसर भक्तपुरबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।
यस विषयमा थप अनुसन्धान भई रहेको प्रहरीले जनाएको छ ।
0 comment