काठमाडौं –डोल्पामा प्रहरी अधिकृतले आफ्नै कार्यालयका हवलदारलाई निर्मम तरिकाले कुछपिट गर्दा प्रहरी हवलदारको आँखाको नानी फुटाई दिएका छन् । प्रहरी निरीक्षक नवीन चापागाइँको कुटपिटबाट प्रहरी हवलदार हिराराम रेउले गम्भिर घाइते भएका हुन् ।
प्रहरी निरीक्षक नवीन चापागाइँले प्रहरी हवलदार रेउलेले किन मापसे गरेको भन्ने विषयमा रेवले माथी कुटपिट गर्दा उनी गम्भिर भएका हुन् । तर रेवलेले मलाई घरायसी समस्याले गर्दा तनाव भएको थियो, त्यसैमा शनिबार रेस्ट पनि थियो, सोही अवसरमा मैले सामान्य मापसे गरेको विषयलाई लिएर म माथि इन्स्पेक्टर शापले निर्मम रुपमा कुटपिट गर्नुभएको रेवलेले बताएका छन् ।
आफूबाट सामान्य गल्ती भएको तर, प्रहरीको विभागीय नियम अनुसार सजाय भोग्न तयार हुँदाहुँदै आफूमाथि शरीर नै अंगभंग हुने गरी कुटपिट गरेको उनको भनाई छ । कुटपिटबाट प्रहरी हवलदार रेवलेको एउटा आँखाको नानी फुटेको छ भने कानको जाली पनी फुटेको छ ।
साना दर्जाका प्रहरीहरू माथि अधिकृत स्थरका प्रहरीहरूले धेरै दमन र अपहेलना गर्ने गरेको भन्दै प्रहरी निरीक्षक चापागाइँ माथि कारवाही हुनु पर्ने उहाको माग छ । प्रहरी निरीक्षक चापागाँईले सिसिटिभी फुटेज समेत डिलिट गरिसकेको उहाले बताउनुभएको छ ।
यता जिल्ला प्रहरी कार्यालय डोल्पाका प्रमुख एवम् डीएसपी शिव कुमार बुढाथोकीले कुटपिटबाट घाइते भएका रेउलेको अहिले उपचार भइरहेको र अस्पताल रिपोर्ट आउन बाकी रहेकाले रिपोर्ट पछि मात्रै घाइतेको अवस्थाबारे थाहा हुने बताउनुभएको छ । विभागीय कारवाहीको प्रकृया हुँदाहुँदै त्यसरी कुटपिट गर्न नमिल्ने भन्दै डीएसपी बुढाथोकीले घाइतेको अवस्था हेरेर कुटपिट गर्ने प्रहरी निरीक्षक चापागाईँ माथि कारवाही हुने बताउनुभएको छ । घाइते रेउलेको डोल्पामा उपचार सम्भव नभए बाहिर पठाउने र त्यसको सम्पूर्ण जिम्मेवारी प्रहरी विभागले लिने उहाको भनाई छ ।
सल्यानको सिद्धकुमाख गाउँपालिका ३ मर्मालचौरका रेउले २०६२ सालमा प्रहरी सेवामा प्रवेश गर्नुभएको थियो । उहा विभिन्न जिल्ला हुँदै इलाका प्रहरी कार्यालय तुलसीपुरमा पाँच वर्षको बसाइपछि रोल्पा हुँदै एक वर्ष पहिले जिल्ला प्रहरी कार्यालय डोल्पामा सरुवा भएर जानुभएको थियो ।
0 comment