काठमाडौं – । जिल्लाको फालेलुङ गाउँपालिका ३ देउरालीमा चट्याङ लागेर ५४ वटा भेडा मरेका छन् । 

पाँचथरकोे फालेलुङ गाउँपालिका ३ देउरालीमा बोटकोे रुखमुनि ओत लागेर बसेका भेडालाई हिजो साँझ चट्याङ लागेको हो ।

चट्याङले लागेर भेडाको रेखदेख गर्दै आएका याङवरक गाउँपालिका–३ घर भएका ५५ वर्षीय प्रेम राई घाइते भएको प्रहरीले जनाएको छ । उक्त गोठमा १३० भन्दा बढी भेडा रहेका थिए । भेडा मरेपछि क्षतिको विवरण सङ्कलन भइरहेको प्रहरीले जनाएको छ ।

चट्याङले लागेर स्थानीय प्रकाश राई, शुक्रबहादुर राई, सुरेन्द्र आङ्बो र टेकबहादुर गुरुङले संयुक्त रुपमा पाल्दै आएका ५४ वटा भेडा मृत फेला परेको र १२ वटा घाइते भएको जिल्ला प्रहरी कार्यालय पाँचथरले जानकारी दिएको छ ।