काठमाडौं - राजधानीको कपनमा व्यवसाय सञ्चालन गर्दै आएकी निरा पाण्डेको हत्यामा संलग्न आरोपी ९ दिनपछि पक्राउ परेका छन् ।
प्रहरीले हत्यामा संलग्न रहेको आरोपमा झापा धुलाबारी निवासी विनोद विकलाई पक्राउ गरेको हो । कपनको सरस्वतीनगरीस्थित निरु किचन सञ्चालन गर्दै आएकी पाण्डेको वैशाख ७ मा हत्या भएको थियो । घटनामा प्रहरीले दोषीलाई पक्राउ गर्न नसकेको भन्दै आलोचना भएको थियो भने शुक्रबार मात्रै छानबिन समिति गठन भएको थियो ।
समितिले झापाको बिर्तामोड पुगेर विकलाई पक्राउ गरेको प्रहरीले बताएको छ । उनी घटना गराएर झापा पुगेर बसेको प्रहरीको भनाइ छ ।
हत्या किन गरेको र हत्यामा को-को संलग्न छन् भन्ने बारेमा खुल्न बाँकी रहेको प्रहरीले बताएको छ । निरा हत्या आरोपमा पक्राउ परेका बिक बाउन्सर रहेको प्र्हरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।
पक्राउ परेका बिकसँग सोधपुछ गर्ने काम भईरहेको र चाँडै नै पत्रकार सम्मेलन गरी सार्वजनीक गरिने केन्द्रीय अनुसन्धान ब्युरोका प्रमुख तथा गठित उच्च्स्तरिय छानबिन समितिको संयोजक कर्ण बज्राचार्यले बताउनु भयो ।
0 comment