काठमाडौं - ललितपुर महानगरपालिकाले शक्रबार ललितपुरको जावलाखेलमा योजना तर्जुमा, विकास निर्माणमा सुधार तथा सेवा प्रवाहलाई पारदर्शी, गुणस्तरीय र प्रभावकारी बनाउँदै सुशासन कायम गर्न सार्वजनिक सुनुवाई कार्यक्रम आयोजना गरेको छ ।
कार्यक्रममा ललितपुर महानगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत गणेश अर्यालले महानगरपालिकाले सम्पन्न गरेको बिकास निर्माणको काम र आगामी दिनमा गरिने कार्ययोजना बारे जानकारी गराउनुभयो ।
कार्यक्रममा सहभागी ललितपुर महानगरबासीले आफ्नो क्षेत्रमा भएका समस्या र त्यसको समाधानको बारेमा महानगरका जनप्रतीनिधि र मेयर चिरिबाबु महर्जन समक्ष जिज्ञासा राखेका थिए ।
नगरबासीको जिज्ञासाको जवाफमा दिँदै मेयर महर्जनले आफ्नो दोश्रो कार्यकाल सुरु भएको मात्र एक बर्ष पुगेको हुनाले सबै काम भईनसकेको र आफुले चुनावको समयमा गरेको सबै प्रतिवद्धता ५ वर्ष सम्ममा पूरा हुने कुरामा ढुक्क हुन नगरबासीलाई आश्वासन दिनुभयो ।
सार्वजनीक सुनुवाइमा उपस्थित नगरबासीहरुले अधिकांस फोहर व्यवस्थापन, पानी, सडकको समस्या र सार्वजनीक सम्पत्ती संरक्षणको बारेमा आवाज उठाएका थिए ।
0 comment