काठमाडौं - अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (क्रान्तिकारी)ले बिहीवार काठमाडौं महानगरपालिकाको शिक्षा विभागमा तालाबन्दी गरेको छ।
महानगरका प्रमुख बालेन्द्र साह (बालेन)ले विद्यालयहरूमा राजनीति गरे कारबाही गर्ने निर्देशन दिएपछि तालाबन्दी गरेको माओवादी केन्द्र निकट अखिल क्रान्तिकारीका नेता प्रदीप भट्टले जानकारी दिए।
'काठमाडौं महानगरका प्रमुख बालेनले विद्यार्थीहरूको हकहितका विषयमा कुरा उठाउँदा अंकुश लगाउने काम गरेको छ। त्यो कुरा कदापि सैह्य हुँदैन। मेयरले तत्काल उक्त निर्णय फिर्ता गर्नुपर्छ,' उनले भने।
0 comment