काठमाडौं – कैलालीमा लागु औषधसहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । 

यसरी पक्राउ पर्नेमा कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–५ का ४९ वर्षीय जयराज भट्ट र यसैगरी उपमहानगरपालिकाकै वडा नं.८ बुद्धचोकका २० वर्षिय उमेश घले रहेको प्रहरीले जनाएको छ । 

प्रहरी चौकी त्रिनगरबाट खटिएको प्रहरी टोलीले भट्टलाई ९ ग्राम ७ सय ४० मिलिग्राम लागु औषधसहित मंगलबार राति पक्राउ गरेको हो भने यसैगरी घलेलाई १ ग्राम लागु औषधसहित उपमहानगरपालिकाकै वडा नं.८ बाट मंगलबार दिउँसो पक्राउ गरेको हो । 

प्रहरीले दुवैजनालाई लागु औषधसहित नियन्त्रणमा लिई थप अनुशन्धान गरी रहेको छ ।