काठमाडौं – ईजरायल पठाइदिन्छु भन्दै रकम ठगी धन्दा गर्ने एक महिलालाई प्रहरीले पक्राउ गरेको छ ।
यसरी पक्राउ पर्नेमा झापा कमल गाउँपालिका ७ घर भई काठमाडौं कपन बस्ने ३२ वर्षीया हरीकला दाहाल रहेको प्रहरीले जनाएको छ ।
वैदेशिक रोजगारीको लागि ईजरायल पठाई कन्सट्रकसनको काम लगाईदिन्छु भन्दै प्रलोभनमा पारी पीडितहरूबाट पटकपटक गरी जम्मा ४८ लाख रुपैयाँ ठगी गरेकोले पक्राउगरी उपस्थित गराउन वैदेशिक रोजगार विभागबाट पत्राचार भएपछि काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको प्रहरीले उनलाई काठमाडौं महानगरपालिका ७ चावहिलबाट पक्राउ गरेको हो ।
उनलाई थप अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग बुद्धनगर काठमाडौंमा पठाइएको प्रहरीले जनाएको छ ।
0 comment