काठमाडौं – दाङको तुलसीपुरमा जिपले ठक्कर दिंदा एक मोटरसाइकल चलाक गम्भिर घाइते भएका छन । 

तुलसीपुरबाट बागर तर्फ जादै गरेको बा ६३ प ७००६ नम्बरको मोटरसाइकललाई विपरित दिशाबाट आउदै गरेको रा १ च १०७२ नम्बरको जिपले मंगलबार साँझ ७ बजेको समयमा तुलसीपुर ८ अस्वारा ओरालो नजिकै ठक्कर दिदा उक्त दुर्घटना भएको प्रहरीले जनाएको छ ।

यसरी दुर्घटनामा परी गम्भिर घाइते भएका खड्कालाई राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा सामान्य उपचार पछि थप उपचारका लागी नेपालगञ्ज रिफर गरिएको प्रहरीले बताएको छ । 
खड्काको अहिले आइसियुमा राखेर उपचार भइरहेको र अझै होसमा आउन नसकेको उपचारमा संलग्न उहाका भिनाजु सुवास अधिकारीले जानकारी दिनुभएको छ ।

जिपसहित जिपचालक बबई गाउँपालिका ४ का ३६ वर्षीय डिल्ली बहादुर बिकलाई नियन्त्रणमा लिएर घटनाको बारेमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।