काठमाडौं - काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलिले बैदेशिक रोजगारीको नाममा ठगी गर्ने ३ जनालाई पक्राउ गरेको छ । 

पक्राउ पर्नेमा कास्की  जिल्ला पोखरा महानगरपालिका १८ घर भई काठमाडौं महानगरपालिका जम्बुडाँडा बस्ने वर्ष्र ३४ कि बिपना कुँवर, झापा जिल्ला कमल गाउँपालिकाकि हरीकला दाहाल, झापा जिल्ला अर्जुनधाराका ओमनाथ मैनाली रहेका छन् ।

कुँवरले सुनिता गोतामेलाई बैदेशिक रोजगारको लागि क्यानाडा पठाईदिने भन्दै पटक-पटक गरी ९ लाख रुपैयाँ उठाएका थिए । पिडितका अनुसार कुँवरले क्यानाडाको एक होटलमा वेटरमा काम लगाइदिने प्रलोभन दिएर आफुसँग पैसा उठाएका थिए ।

ठगी गर्ने कुँवरले पैसा लिएर सम्पर्कबिहिन भएपछि आफू ठगिएको भन्दै पिडितले बैदेशिक रोजगार बिभागमा कारवाहिको लागि निबेदन दिएका थिए ।

त्यसैगरी झापा जिल्ला अर्जुनधारा १ घर भई हाल काठमाडौंको गोङ्गबु बस्ने वर्ष ४१ का ओमनाथ मैनालीले बैदेशिक रोजगारीको लागी सिङ्गापुर पठाईदिन्छु भन्दै मीन बहादुर रानासँग पटक-पटक गरी ६ लाख ४० हजार रुपैयाँ ठगी गरेका थिए ।
बैदेशिक रोजगारीको लागि इजरायल पठाई कन्ट्रायक्टरको काम दिलाई दिन्छु भन्दै झापा जिल्ला कमल गाउँपालिकाका वर्ष    ३२ कि हरीकला दाहालले दीपक दाहाल समेत ५ जनासँग पटक-पटक गरी ४८ लाख रुपैयाँ लिएर सम्पर्कबिहिन भएका थिए ।

पिडितहरुको निबेदन आएपछी बिभागले बिपना कुँवर, ओमनाथ मैनालिलाई र हरीकला दाहाललाई पक्राउ गरी बुझाउन काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयलाई पत्राचार गरेको थियो ।

बिभागको पत्र प्राप्त भएपछी प्रहरीले बिपना कुँवरलाई काठमाडौंको गोकर्णेश्वर नगरपालिका जम्बुडाँडाबाट, ओमनाथ मैनालिलाई काठमाडौंको बबरमहलबाट र हरीकला दाहाललाई काठमाडौंको चाबहिलबाट पक्राउ गरी बैदेशिक रोजगार बिभाग बुझाएको उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रवक्ता प्रहरी उपरीक्षक सोमेन्द्र सिंह राठौरले बताउनु भयो ।