काठमाडौं – धनुषाको जनकपुर उपमहानगरपालिका-२३ स्थित बसपार्कबाट सात लाख ७१ हजार ५०० रुपैयाँ बराबरको नक्कली नोट सहित एक महिला पक्राउ परेकी छन्। पक्राउ पर्नेमा विदेह नगरपालिका-६ की अनुकुमारी साह रहेका छ्न ।

साहलाई प्रहरीले एक हजार रुपैयाँको ४ सय ९२ थान र ५०० रुपैयाँको ५ सय ५९ थान नक्कली नोट सहित नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ। 

२५ वर्षीया अनुको झोला खानतलासी गर्दा नक्कली नोट फेला पारेको प्रहरीको भनाइ छ। उक्त नोट भारतबाट ल्याएको प्रारम्भिक अनुसन्धानमा खुलेको प्रहरीले बताइएको छ।