काठमाडौं - काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलिले बैदेशिक रोजगारीको नाममा ठगी गर्ने एकजनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा धादिङ जिल्ला निलकण्ठ नगरपालिका ६ घर भई काठमाडौंको टोखा नगरपालिका ६ बस्ने वर्ष ३८ का हरी जङ्ग गुरुङ रहेका छन् ।
गुरुङले टोखा निवासी राजेश श्रेष्ठ समेतलाई बैदेशिक रोजगारको लागि न्युजिल्याण्ड पठाइ दिने भन्दै रकम उठाएका थिए । पिडितका अनुसार गुरुङले न्युजिल्याण्डस्थित प्रतिष्ठितत होटलमा मासिक १ लाख ५० हजार तलब आउने प्रलोभन दिएर आफुहरुसँग पैसा उठाएको बताएका छन् ।
गुरुङले उनिहरुसँग पटक-पटक गरी ५ लाख ६० हजार रुपैयाँ लिएर सम्पर्कबिहिन भएपछि पिडितहरुले आफूहरु ठगिएको भन्दै बैदेशिक रोजगार बिभागमा कारवाहिको लागि निबेदन दिएका थिए ।
पिडितहरुको निबेदन आएपछी बिभागले गुरुङलाइ पक्राउ गरी बुझाउन काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयलाई पत्राचार गरेपछी प्रहरीले गुरुङलाइ काठमाडौंको बानियाटारबाट पक्राउ गरी बैदेशिक रोजगार बिभागमा बुझाएको उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रबक्ता प्रहरी उपरीक्षक सोमेन्द्र सिंह राठौरले बताउनु भयो ।
0 comment