चितवन : प्रतिनिधिसभा सदस्य चयनका लागि चितवन क्षेत्र नं. २ मा भएको उपनिर्वाचनको मतगणना दिउँसो १ बजेबाट हुने जिल्ला निर्वाचन अधिकृत भिमसेन कार्कीले जानकारी दिनु भएको छ । मतगणनाका लागि चितवन उद्योग संघको अन्तर्राष्ट्रिय प्रदर्शनी केन्द्रमा गर्नका लागि अहिले सर्वदलीय बैठक जारी छ ।
नेपाली कांग्रेसका प्रतिनिधिले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेविरुद्ध आचारसंहिता उल्लंघनको मुद्दाको सुनुवाइ नभएसम्म मतगणना गर्न नहुने अडान लिएपछि मतगणनामा ढिलाइ भएको हो ।
प्रतिनिधिसभा सदस्य चयनका लागि चितवन क्षेत्र नं. २ मा एमालेका रामप्रसाद न्यौपाने, कांग्रेसका जितनारायण श्रेष्ठ, र रास्वपाका रवी लामिछाने चुनावी प्रतिस्पर्धामा उत्रेका छन् ।
चितवन–२ बाट निर्वाचित लामिछानेको नागरिकता विवादमा सर्वोच्च अदालतले सांसद पद खारेज गरिदिएपछि उपनिर्वाचन भएको हो । यसपटक उपनिर्वाचनमा ६३ प्रतिशतमात्र मत खसेको छ ।
0 comment