काठमाडौं – प्रतिनिधिसभा सदस्य चयनका लागि बारा निर्वाचन क्षेत्र नं. २ मा भएको उपनिर्वाचनको मतगणना सुरू भएको छ । कलैयाको गंगापुरस्थित शिक्षा तालिम केन्द्रमा मतगणना सुरु हुदैछ ।
उपनिर्वाचनमा जम्मा ६८ हजार ८ सय ८७ मत खसेको छ । करैयामाई १ र सुवर्ण १ बाट मतगणना सुरू गरिएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।
बारामा जसपाका उपेन्द्र यादव, जनमतका शिवचन्द्र कुशवाहा, एमालेका पुरुषोत्तम पौडेल, रास्वपाका रमेश खरेल र आमजनता पार्टीका अरुण ज्ञवालीलगायत उम्मेदवार प्रतिनिधिसभा सदस्य चयनका लागि चुनावी प्रतिस्पर्धामा रेहेकाछन् ।
बारा २ बाट निर्वाचित सांसद रामसहायप्रसाद यादव उपराष्ट्रपतिमा नियुक्त भएपछि रिक्त रहेको सो स्थानमा उपनिर्वाचन भएको हो ।
0 comment