काठमाडौं – दाङ्गमा श्रीमतीको हत्या गरेर फरार रहेका श्रीमानलाई प्रहरीले पक्राउ गरेर सार्वजनिक गरेको छ । 

पक्राउ परेका मेघराजले गएको वैशाख १ गते राति १० बजे ४० वर्षकी श्रीमती सारदा केसीको हत्या गरेर मलखादमा गाडेर श्रीमती हराएको भन्दै गाउँमा खोजीदिन आग्रह समेत गरेका थिए ।

छिमेकी महिलाले वैशाख ६ गते कटर टिप्ने क्रममा हत्या गरिएकी महिलाको खुट्टाको पैताला देखेपछि घटना बाहिर आएको थियो । आरोपीले पहिला चिर्पट दाउराले हानेर ढालेपछि सलले घाँटी कसेर हत्या गरिएको जिल्ला प्रहरी कार्यालय दाङका डिएसपी राजन गौतमले जानकारी दिनुभयो । 

मृतक सारदाको एउटी छोरीको बिहे भइसकेको छ । छोरी र छोरा दुधरास मामाको घरमा चैत्र २८ गते गएका रहेछन् त्यही मौका छोपी आरोपी मेघराजले हत्या गरेको हुन सक्ने प्रहरीले जनाएको छ ।  उनीहरू ३ गते घरमा फर्किदां घरमा बाउ आमा थिएनन् । छोराछोरीले फोन सम्पर्क गर्दा कसैको फोन लागेन । त्यसैल घटना त्यतिकै रहेको थियो ।

आरोपीकी आमा मात्रै घरमा बस्दै आएकी रहीछन् । घटना १ गते  भइसकेको रहेछ । घरमा आउँदा बाउ आमा थिएनन् । छोराछोरीले फोन सम्पर्क गर्दा कसैको फोन नलागे पछि घटना त्यतिकै रहेको थियो । गाउँ बस्न आएकी छिमेकीलाई आरोपीकी आमाले कटर टिपेर लैजाऊ भनेपछि कटर टिप्ने क्रममा खुट्को पैताला देखेपछि उक्त घटना बाहिर आयको हो ।

उक्त घटनाको वारेमा आरोपीको आमालाई यस विषयमा केहि थाहा छैन त ? भन्ने पत्रकारहरुको प्रश्नमा डीएसपी गौतमले यसबारे अनुसन्धान भईरहेको प्रतिकृया दिनुभएको छ । श्रीमतीले श्रीमान र  श्रीमानले श्रीमतीलाई अनावश्यक संका गर्दा उक्त घटना हुन पुगेको प्रहरीको प्रारम्भिक अनुमान छ ।