सिन्धुपाल्चोक - सिन्धुपाल्चोकको एक रिसोर्ट सञ्चालकले काठमाडौंबाट साथीहरूसँग घुम्न गएको एक व्यक्तिको टाउको फुटाइदिएका छन् । 

सिन्धुपाल्चोकको सुनकोसी गाउँपालिका-३ गोपिनी चौरस्थित माया बिच रिसोर्टको सञ्चालक मिलास गिरीको टोलीले हिजो राती काठमाडौंबाट साथीहरूसँग घुम्न गएको ४३ वर्षीय रोशन खत्रीलाई रातको १२ बजेतिर बोतलले हानी टाउको फुटाइदिएका हुन् ।

खत्रीका अनुसार गौरव भन्ने व्यक्तिले बोतलले हानेका हुन् ।

घाइते खत्रीले जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकमा उजुरी दिएका छन् ।

रिसोर्ट सञ्चालक र खत्रीबिच आर्थिक लेनदेन रहेको र त्यसैकारण विवाद भएको खुलेको छ  छ । घटनाको विषयमा थप अनुसन्धान भइरहेको छ ।