काठमाडौं – रोल्पामा एक वडाध्यक्षलाई पेस्तोल सहित प्रहरीले पक्राउ गरेको छ ।
यसरी पक्राउ पर्नेमा गंगादेव ४ का वडाध्यक्ष कृष्ण वली रहेकोे जिल्ला प्रहरी कार्यालय रोल्पाका प्रमुख डिएसपी श्यामकुमार सारूमगरले जानकारी दिनुभएको छ । वोलीलाई रा १ झ १९१ नम्बरको सरकारी गाडी तोडफोड गरेको आरोपमा प्रहरीले पक्राउ गरेको हो ।
डिएसपी श्यामकुमार अनुसार वडाध्यक्ष वलीलाई पक्राउ गरेर अनुसन्धान गर्दै जादा घरमा अवैध हतियार लुकाएको भन्ने गोप्य सूचना प्राप्त भएपछी प्रहरीले खानतलासी गर्दा घरको माथिल्लो तलामा लुकाएर राखेको अवस्थामा स्वचालित पेस्तोल ’मेड इन इटाली’ लेखिएको नौ राउन्ड गोली लाग्ने एक थान पेस्तोल र म्यागजिनसहित पहरीले बरामद गरेको हो ।
जिल्ला रोल्पा अदालतले वडाध्यक्ष वलीलाई थप १४ दिन थुनामा राखेर घटना अनुसन्धान गर्न थप म्याद गरिदिएको डिएसपी मगरले बताउनुभयो । वडाध्यक्ष वली विप्लव नेतृत्वको नेकपा हुँदै गत चुनावमा नेपाली कांग्रेसमा प्रवेश गरेको भन्ने खुल्न आएको प्रहरीले जानकारी दिएको छ ।
पक्राउ परेका वलीविरूद्ध हातहतियार तथा खरखजना सम्बन्धि मुद्दा चलाइएको प्रहरीले जानकारी दिएको छ ।
0 comment