काठमाडौं – दाङको तुलसीपुरमा गोली लागेर सशस्त्र प्रहरीका सायक हवलदारको मृत्यु भएको छ । 

कारागारमा डिउटीमा रहेका सशस्त्र प्रहरी सायक हवलदार केसी राति पौने ९ बजे  टाउकोमा गोली लागेको अवस्थामा मृत फेला परेको पहरी निरीक्षक केसीले बताउनुभयो ।  

यसरी मृत्यु हुनेमा तुलसीपुर उपमहानगरपालिका–८ कृष्ण मन्दिर निवासी ३५ वर्षका वसन्त केसी रहेको इलाका प्रही कार्यालय  तुसीपुरका प्रही निरीक्षक पर्वत केसीले जनकारी दिनुभयो ।

घटनाको सम्बन्धमा थप अनुसन्धान भइरहेको  छ ।  उनी करिब १२ दिन अघि तुलसीपुर कारागार शाखामा आएका थिए । मृतक केसीको शव राप्ती प्रादेशिक अस्पताल तुलसीपुरको पोस्टमार्टम लागि राखिएको छ ।