काठमाडौं – दाङमा ट्रकले ठक्कर दिंदा २ जनाको घटनास्थलमै मृत्यु भएको छ ।
यसरी मृत्यु हुनेमा घोराही उपमहानगरपालिका –११ खैरा निवासी २६ वर्षका सन्देश बस्नेत र १७ वर्षका गोपाल विक रहेको जिल्ला प्रहरी कार्यालय दाङका प्रवक्ता राजन गौतमले जानकारी दिनुभयो ।
लु २ ख ३८१ नम्बरको ट्रकले खैरा नजिकै लु ७३ प ११६२ नम्बरको मोटरसाइकललाई ठक्कर दिदा दुबै जनाको मृत्यु भएको प्रहरीले बताएको छ ।
प्रवक्ता गौतमका अनुसार एकैतिरबाट गइरहेको ट्रकलाई मोटरसाइकलले उछिन्न खोज्दा उक्त घटना भएको हुनसक्ने प्रहरीले अनुमान गरेको छ ।
0 comment