काठमाडौं – वैज्ञानिक भाषामा चट्याङ्ग पर्नु वा विजुली चम्किनु भनेको बायुमण्डलबाट उच्च शक्तिको विद्युत् प्रसारण हुनु हो । यो विद्युत् शक्ति बादलबाट निस्कन्छ । विजुली उत्पादन गर्ने यो बादललाई क्यूमूलो निम्बस  भनिन्छ ।  क्यूमूलो  निम्बस  बादल  करीब  ४०  हजार  फीटको  उचाइमा   तेजिलो गतिमा यताउता हुत्तिरहेको हुन्छ । चट्याङ्ग पर्दा यस्तो विजुलीले झण्डै ३०० हजार डिग्री सेन्टिग्रेट वरावरको तापक्रम पैदा गर्दछ । यो तापक्रम सूर्यको सतहभन्दा छ गुणाले बढी हो । यसकारण  चट्याङ्ग  परेको ठाउँ भष्म हुनु वा त्यहाँ क्षती पुग्नु कुनै आश्चर्यको कुरा भएन । तर आश्चर्यको कुरा यो छ की यति धेरै ताप दिने विद्युत् शक्ति बायुमण्डलमा कसरी पैदा हुन्छ ? जुन अझै खोजको विषय छ ।

यस सम्बन्धमा वैज्ञानिकहरुको विभिन्न राय रहेको पाइन्छ । एक थरी अवधारणा अनुसार बायुमण्डलमा रहेका अणुहरुलाई कस्मिक किरण, अल्ट्रवायोलेट किरण जस्ता तेजिला विकिरणले विच्छेद गरी विद्युतिकरण गरिदिन्छ र ऋण चार्ज र धन चार्ज  पैदा  हुन्छ ।  यी दुई विपरित  चार्जहरु अलग अलग जम्म हुन थाल्दछन् । अक्सर धन चार्ज माथिल्लो भागमा र ऋण चार्ज तल्लो भागमा जम्म हुन्छ । यी दुई विपरित चार्ज  समूहबीच  बिभव कुनै  हद  पुगेपछि त्यहाँ विजुली चम्किन्छ ।  विजुली  चम्केको ठाउँ अत्यन्तै तातो हुन्छ । तातोले गर्दा त्यहाँको हावा एकै चोटी फैलिन्छ र ठूलो आवाज पनि  साथसाथै  निस्कन्छ । यसकारण विजुली चम्किंदा÷चट्याङ्ग पर्दा पृथ्वीमा शक्तिशाली विद्युत् प्रसारण हुन्छ, बन्चरो आदि झर्छ भन्ने कुरा होइन । बरु वैज्ञानिकहरुको भनाई अनुसार करोडौ वर्ष पहिले पृथ्वीमा यस्तै विजुली चम्किदा रासायनिक प्रतिकृया भै जीवहरुको श्रृष्टी भएको हो ।