काठमाडौं – कञ्चनपुरमा जबरजस्ती करणीमा संलग्न एक जनालाई प्रहरीले  पक्राउ गरेको छ । 

यसरी पक्राउ पर्नेमा दोधारा–चाँदनी नगरपालिका–७ टाउके टोलका ४० वर्षीय मुकेश क्षेत्री रहेको प्रहरीले जनाएको छ । 

क्षेत्रीले ८० वर्षीया बृद्ध महिलालाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा ईलाका प्रहरी कार्यालय दोधारा–चाँदनीबाट खटिएको प्रहरी टोलीले उनलाई पक्राउ गरी यस विषयमा थप अनुसन्धान गरी रहेको छ ।