काठमाडौं - भीआईपी सुरक्षामा खटिएको प्रहरीको गोली लागेर माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुनकी आमा तीर्थमाली पुन घाइते भएकी छन्।

शुक्रबार राति बालुवाटारमा भीआईपी सुरक्षामा खटिएको सुरक्षाकर्मीले चलाउँदा घाइते भएकी पुनको ट्रमा सेन्टरमा उपचार भइरहेको छ।

गोली चलाउने सहायक हवलदार प्रकाश पुनमगर प्रहरीलाई नियन्त्रणमा लिएर प्रहरी प्रधान कार्यालयमा लगिएको छ। उनीमाथि थप अनुसन्धान भईरहेको छ।  

रोल्पाका उनी तीर्थमालीको नातेदार हुन्।