सिन्धुपाल्चोक – सिन्धुपाल्चोक जिल्लामा रहेको क्रसर उद्योगहरुले त्यहाँ वरपर रहेका बस्तीका मानिसहरुको जनजिवन प्रभावित पारीरहेका छन् । दादागिरी शैलीमा सुनकोसी नदी दोहन गरीरहँदा पनि प्रशासन भने मुकदर्शक भएर हेरीरहेको छ । चौतारा साँगाचोकगढी नगरपालिका वडा नं. ९ अन्तरगत पर्ने घुम्रे डाँडाको क्रसर उद्योगले त्यसै नगरपालिकाको वडा नं. १० सुकुटेबगरबाट दादागिरी शैलीमा सुनकोसी नदीको गिट्टी, बालुवा, ढुङ्गा आदि खनिजजन्य सामाग्री उत्खनन् गर्दै आइरहेको छ । मानववस्तीमा संचालित उक्त क्रसर उद्योगले सुकेटेमा संचालित रिसोर्टहरुलाई प्रत्यक्ष असर पारिरहेको छ ।
क्रसर उद्योग संचालित त्यस ठाउँमा सुनकोसी बगर छेउमा होलि डे रिसोर्ट, भोटेकोसी बिच रिसोर्ट र रिभर फन रिसोर्ट छन् भने खोला दोहन गरिएको ठाउँभन्दा अलिमाथि मानव वस्ती पनि रहेको छ । इन्द्र रत्न क्रसर उद्योगले त झन् मानव बस्ती र रिसोर्टमा पर्न सक्ने प्रभावको ख्यालै नगरी बर्षेनी सुनकोसी नदी दोहन गरिरहेको छ । गिट्टी बालुवा धोएको फोहर पानी पनि खोलामा मिसाउने गर्नाले नदीको पानी पनि फोहर र दृषित भएको छ । सुकुटे बिच रिसोर्ट भनेर चिनिएको ठाउँमा क्रसर उद्योगले वातावरण नै बिगारेर कमाउ धन्दा चलाइरहेको छ ।
0 comment