काठमाडौं - नेपाल प्रहरीका १३ जना प्रहरी वरिष्ठ उपरीक्षकहरूको प्रहरी नायब महानिरीक्षकमा बढुवा सिफारिस भएको छ।
गृह मन्त्रालयअन्तर्गतको बढुवा समितिको सचिवालयले बुधबार बढुवा सिफारिसको गरेको हो।
बढुवा सिफारिस हुनेमा वरिष्ठ उपरीक्षकहरू कुवेर कडायत, केदार ढकाल, विष्णुकुमार केसी, भरतबहादुर बोहोरा, रवीन्द्र केसी, राजेशनाथ बास्तोला, चन्द्रकुवेर खापुङ, जनक भट्टराई, लालमणि आचार्य, सुरेन्द्रप्रसाद मैदानी, अर्जुन चन्द ठकुरी, यज्ञविनोद पोखरेल र विकासराज खनाल रहेका छन्।
एक हप्ता पछि गृह मन्त्रालयले निर्णय गरे पछि बढुवा सिफारिसमा परेका १३ जना प्रहरी वरिष्ठ उपरीक्षकहरूलाई दर्ज्यानी चिन्ह प्रदान गरेर पदस्थापन गर्ने छ ।
0 comment