काठमाडौं - ललितपुरको बखुण्डोल हाइटमा निर्माणाधिन समीट अपार्टमेन्ट निर्माण प्रक्रियामा संलग्नलाई कारबाही गर्न माग उठेको छ ।

बुधबार संसदमा बोल्दै सांसद् तोसिमा कार्कीले स्थानीयको स्वीकृत बेगर नक्सापास बिनै भवन निर्माण भइरहेकाले संसदीय समिति बनाएर छानविन गर्न माग गरेकी हुन् । उनले भनिन्,'वरपरका घरहरूमा पूर्णरुपमा क्षति पुगेको छ।  भासिने चर्किने क्रम जारी छ । स्थानीयले पटकपटक उजुरी दिएपनि कारबाही हुन सकेको छैन । ’

उनले अपार्टमेन्ट निर्माण प्रक्रियाको बैधानिकता खोज्नुपर्ने माग गरिन् ।