सिन्धुपाल्चोक - जिल्लामा रहेका क्रशर उधोगहरुले दादागिरी शैलीमा सुनकोसी खोला दोहन गरीरहेका छन् । 

सुकुटेमा रहेको रिसोर्टहरुलाई असर पर्ने गरी क्रशर उधोगहरुले सुनकोसी खोला दोहन गरेर गिट्टी बालुवा निकालीरहेका हुन् । 

सुनकोसी बगर छेउमा होलि डे रिसोर्ट, भोटेकोसी रिसोर्ट र रिभर फन रिसोर्ट छन् भने खोला दोहन गरिएको ठाउँभन्दा अलि माथि मानव बस्ती छ । 

ईन्द्र रत्न क्रशर उधोगले त झन् मानव बस्ती र रिसोर्टमा पर्न सक्ने प्रभावको ख्यालै नगरी वर्षेनी सुनकोसी नदि दोहन गरिरहेको छ । गिट्टी बालुवा धोएको फोहोर पानी पनि खोलामा मिसाएको छ । 

सुकुटे बिच रिसोर्ट भनेर चिनिएको ठाउँमा क्रशर उधोगले वातावरण नै बिगारेर कमाउ धन्दा चलाएको छ ।