काठमाडौ - उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलिले अमेरिका र दक्षिण कोरिया पठाइदिन्छु भनेर सयौं व्यक्तिहरुबाट करोडौं रुपैयाँ लिएर ठग्ने एक जनालाइ पक्राउ गरेको छ । पक्राउ पर्नेमा बुढानिलकण्ठ नगरपालिका कपन बस्ने बर्ष ४२ का पवन राणा रहेका छ्न् । रुपैयाँ लिएर सम्पर्क बिहिन भए पछि पिडितले बैदेशिक रोजगार बिभागमा आफू ठगिएको उजुरी दिएका थिए ।

त्यसैगरि काठमाडौ महानगरपालिका २ लाजिम्पाट बस्ने बर्ष २६ का सुनिल कुमार यादबले रिता लामा सहित २ जनालाइ नेपाल सरकार र इजरायल सरकार सङ्ग भएको जि टु जि सम्झौता मार्फत कोटामा इजरायल जान १८ लाख रुपैया लाग्ने र इजरायलको एग्रीकल्चर कम्पनीमा मासिक १ लाख ८० हजार तलब हुने प्रलोभन देखाइ ३१ लाख रुपैया लिएर सम्पर्क बिहिन भएका थिए।

बिभागले दुबै जनालाइ पक्राउ गरि पठाइ दिन काठमाडौ उपत्यका अपराध अनुसन्धान कार्यालयलाई पत्राचार गरे पछि प्रहरीले राणालाइ बुढानिलकण्ठको कपनबाट र यादबलाई लाजिम्पाटबाट पक्राउ गरेको अपराध अनुसन्धान कार्यालयका प्रबक्ता सोमेन्द्र सिह राठौरले बताउनु भयो ।