काठमाडौं – रोल्पामा अवैध रुपमा लगाइएको अफिम खेती प्रहरीले नष्ट गरेको छ ।
जिल्लाको परिवर्तन गाउँपालिकाका बिभिन्न स्थानहरूमा अवैध रुपमा अफिम खेती भैरहेको थियो । प्रहरीले पाएको गोप्य सूचनाको आधारमा झन्डै २८ रोपनी क्षेत्रफलमा लगाइएको २५ हजार अफिम खेती प्रहरीले नष्ट गरेको जिल्ला प्रहरी कार्यालय रोल्पाका डीएसपी श्याम कुमार सारू मगरले जानकारी दिनुभएको छ ।
डीएसपी श्याम कुमार सारूका अनुसार सोमबार परिवर्तन गाउँपालिका ४ खोलागाउँ, तारल, बसुन्धरा भन्ने स्थानबाट २० रोपनी क्षेत्रफलमा लगाइएको १८ हजार बोट अफिम नष्ट गरिएको हो भने मंगलबार सोही पालिकाकै जैरेनी, तातापानी र बजेनी भन्ने स्थानबाट करिब ८ रोपनीमा लगाएको साढे ७ हजार गरी जम्मा २८ रोपनी पाखोबारीमा लगाएको साढे २५ हजार बोट अवैध अफिम खेती प्रहरीले नष्ट गरिएको हो ।
0 comment