काठमाडौं – श्रीमती बलात्कार गरेको अभियोग लागेका न्यायाधीश भुवन गिरीलाई प्रहरीले पक्राउ गरेको छ । 

न्यायधीश गिरीविरुद्ध उनकी श्रीमतीले जबरजस्ती करणको अभियोग लगाउँदै गत मंसिरमा नै प्रहरीमा उजुरी दिन पुगेकी थिइन् । तर केही समय प्रहरीले उजुरी दर्ता गर्न मानेको थिएन ।

बलात्कारको अभियोग लागेका न्यायाधीश गिरीविरुद्ध कपिलवस्तु जिल्ला अदालतले गत साता पक्राउ पूर्जी जारी गरेको थियो । तर आज काठमाडौंबाट उनी पक्राउ परेका हुन् साथै उनलाई आजै कपिलवस्तु लगिँदैछ ।