काठमाडौं – रास्वपा सांसद ढाकाकुमार श्रेष्ठले व्यवसायी दुर्गा प्रसाईंसँग दुई करोड रुपैयाँ मागेको अडियो प्रकरणबारे छलफल गर्न राष्ट्रिय स्वतन्त्र पार्टी को बैठक पार्टी कार्यालय बसुन्धरामा बस्दैछ ।
श्रेष्ठले सोमबार नै स्पष्टीकरण बुझाइसकेको स्पष्टीकरणमा उनले आफूलाई जोडेर आएको अडियो नक्कली भएको दाबी गरेका रास्वपा अनुशासन आयोगका संयोजक भरतमणि देवकोटाले जानकारी दिनुभएको छ ।
सांसद श्रेष्ठले व्यवसायी दुर्गा प्रसाईसँग २ करोड घुस मागेको अडियो सार्वजनिक भएपछि पार्टीले श्रेष्ठलाई साधारण सदस्य समेत नरहने गरी निलम्बन गरेको छ । सांसद श्रेष्ठले स्वास्थ्यमन्त्री बन्नका लागि पार्टीलाई रकम बुझाउनपर्ने भन्दै व्यवसायी प्रसाईसँग घुस मागेको अडियो सार्वजनिक भएको थियो ।
उहाँलाई एक हप्ताका लागि निलम्बन गरिएको छ । यो बीचमा स्पष्टिकरण सोधिनेछ । त्यसपछि बैठकले श्रेष्ठबारे निर्णय गरेर केन्द्रीय समितिलाई सिफारिस गर्नेछ । रास्वपा अनुशासन आयोगका संयोजक भरतमणि देवकोटाले जानकारी दिनुभएको छ ।
0 comment