काठमाडौं – जिल्ला अदालत बाराले जसपा जिल्ला अध्यक्ष अजय पटेललाइ पुरपक्षको लागि जेल चलान गर्न आदेश दिएको छ । हिजो भएको थुनछेक बहस पछि जिल्ला अदालत  बाराका माननीय न्यायाधिश प्रकाश राउत को एकल इजलाए यस्तो आदेश दिएको हो ।

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धा ब्युरो काठमाडौको टोलिले जनता सामाजबादी पार्टिका बारा  जिल्ला अध्यक्ष  बारा जिल्ला परवानिपुर गाउ बिकास समिती – ५ निवासी ४५ बर्षिय अजय पटेल गत फागुन २८ गते पक्राउ गरेको थियो । 

पक्राउ परेका पटेलले बारा जिल्ला  परवानिपुर गाउँ बिकास समिती बहुअरी  वडा नम्बर ६  कित्ता नम्बर ४१को ६ बिगाह  वडा नम्वर ८ को   कित्ता नम्बर १३४७ को ३ बिगाह र कित्ता नम्बर १४८०, १०७८ र १४७९ गरि १८ कठ्ठा र  वडा नम्बरको ५ को कित्ता नम्बर १ को १७ कठ्ठा गरि १० बिगाह १५ कठ्ठा क्षेत्रफल रहेको ६० करोड भन्दा बढी रकम को जग्गामा किर्ते कागज बनाइ मालपोतको कर्मचारिको मिलेमतोमा आफुलाइ हुँदै नभएको मोहि कायम गराउन खोजेको आरोपमा किर्ते मुद्दामा बारा जिल्लाबाट फिल्मी सैलीमा सिआइबिको टोलिले पक्राउ गरेको थियो ।