काठमाडौ – बैतडीमा आइतबार साँझ घरभित्रै रहेका बेला चट्याङ पर्दा आमा र छोरा घाईते हुनका साथै दुई भैंसी मरेका छन ।
यसरी घाइते हुनेमा बैतडी जिल्लाको पुर्चौडी नगरपालिका –६ रौलका ३५ वर्षीया पार्वती साउँद र उनका ८ वर्षीय छोरा विवेक साउँद रहेका छन् ।
चट्याङबाट घरमा क्षति पुग्नुका साथै घरमा जडित सोलार ब्याट्रीसहितका उपकरणसमेत जलेर नष्ट भएको पार्वतीका श्रीमान् गणेश साउँदले जानकारी दिएका छन् ।
0 comment