काठमाडौं - फेसबुकमा युवतीको नाममा नक्कली आइडी बनाएर ६० लाख रुपैयाँ ठगी गर्ने एक युवक पक्राउ परेका छन्। 

पक्राउ पर्नेमा पर्वतको मोदी गाउँपालिका-२ घर भएका २६ वर्षीय विश्व शर्मा रहेका छन् ।

शर्माले फेसबुकमा युवतीको नाममा नक्कली आइडी बनाई युवकहरूसँग कुराकानी गर्दै आएका थिए। माया प्रेमको कुराकानी गरेर युवकहरूसँग पटक-पटक रकम माग गरेपछि पीडितले विभिन्न बैंक खाताहरू तथा डिजिटल वालेटहरू मार्फत करिब ६० लाख रुपैयाँ पठाएको प्रहरी अनुसन्धानले देखाएको छ। 

शर्माले थप रकम मागेपछि पीडितले प्रहरीमा निवेदन दिएका थिए। प्रहरीले शर्मालाई मोदी गाउँपालिकाबाट पक्राउ गरी काठमाडौं ल्याएको थियो। 

उनीमाथि थप अनुसन्धान भईरहेको छ।