काठमाडौं - राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद् ढाकाकुमार श्रेष्ठ पार्टीको साधारण सदस्य समेत नरहने गरी निलम्बनमा परेका छन् । 

सांसद श्रेष्ठले व्यवसायी दुर्गा प्रसाईसँग २ करोड घुस मागेको अडियो सार्वजनिक भएपछि पार्टीले श्रेष्ठलाई साधारण सदस्य समेत नरहने गरी निलम्बन गरेको हो ।

सांसद श्रेष्ठले स्वास्थ्यमन्त्री बन्नका लागि पार्टीलाई रकम बुझाउनपर्ने भन्दै व्यवसायी प्रसाईसँग घुस मागेको अडियो सार्वजनिक भएको छ। 

सांसद श्रेष्ठलाई एक हप्ताका लागि निलम्बन गरिएको रास्वपाका प्रमुख सचेतक सन्तोष परियारले जानकारी दिए। उनले भने,'यो विषय संवेदनशील हो। उहाँलाई एक हप्ताका लागि निलम्बन गरिएको छ। यो बीचमा स्पष्टिकरण सोधिनेछ।'