काठमाडौं - काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले आजबाट सिंहदरबारको फोहोर नउठाउने घोषणा गरेका छन्। 

मेयर शाहले फेसबुक स्ट्याटसमा लेखेका छन्, 'आजबाट सिंहदरबारको फोहोर उठ्दैन । साच्चिकै देश सफा गर्नु परे, त्यहाँका नेताहरुलाई सिस्डोलमा डम्प गर्नु पर्ने हुन्छ ।'

काठमाडौं महानगरले अतिक्रमित संरचना र बागमति किनार अतिक्रमण गरी बसेकालाई हटाउन खोज्दा केन्द्र सरकारले सहयोग नगरेको गुनासो गर्दै आएको छ।