काठमाडौं – कोशी प्रदेश नामाकरण विरुद्ध भएको आन्दोलनमा मृत्यु भएका पदम लिम्बुलाई सरकारले सहिद घोषणा गरेको छ ।
लिम्ब कोशी प्रदेश नामकरण विरुद्धको आन्दोलनमा प्रहरीको लाठीचार्जबाट गम्भिर घाइते भएका थिए र पछि उनकोे मृत्यु भएको थियो । प्रदेश १ सरकारले कोशी प्रदेश नामाकरण गरेपछि पहिचान पक्षधर दल र विभिन्न जातीय संस्थाले विराटनगरमा आन्दोलन गर्दै आएका छन् ।
शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले लिम्बुलाई सहिद घोषणा गर्दै परिवारलाई राज्यबाट सहयोग गर्ने निर्णय भएको संस्कृति पर्यटन तथा नागरिक उड्ययन मन्त्री सुदन किरातीले जानकारी दिनु भएको हो ।
0 comment