काठमाडौं - भ्रष्टाचार सम्बन्धी मुद्दामा विशेष अदालतबाट भएका फैसला चित्त नबुझेको भन्दै अख्तियार दुरूपयोग अनुसन्धान आयोगले सर्वोच्च अदालतमा पुनरावेदन दिएको छ।
आयोगले प्रतिवादी कमल प्रसाद दाहाल, तेज नारायण चौधरी, हिरा कटुवाल र जानुका आले मगरको मुद्दामा विशेषले गत कार्त्तिक २२ गते गरेको फैसला चित्त नबुझेको भन्दै आज सर्वोच्चमा पुनरावेदन दिएको हो।
परीक्षाको परिणाम फेरबदल गरी भ्रष्टाचार गरेको मुद्दामा विशेष अदालतले गत कार्त्तिक २२ गते प्रतिवादीहरूलाई प्राप्त प्रमाणबाट आरोप पुष्टि गर्ने आधार नभएकाले कसुरदार ठहर गरी सजाय दिन नमिल्ने भन्दै सफाइ दिएको थियो।
0 comment