काठमाडौं  - गत आर्थिक बर्ष भन्दा चालू आर्थिक बर्षमा मानव बेचबिखन तथा ओसारपसार अपराधमा वृद्धि भएको छ । मानव बेचबिखन तथा ओसापसर नियन्त्रण ब्युरोले उपलब्ध गराएको तथ्यांक अनुसार गत आर्थिक बर्ष भन्दा चालू आर्थिक बर्ष २०७९/८० को फागुन सम्ममा मानव बेचबिखन तथा ओसारपसार अपराधमा वृद्धि भएको देखिएको हो ।

तथ्यांक अनुसार गत आर्थिक बर्ष २०७८/७९ मा मात्र नेपाल भरी १४५ वटा मुद्धा दर्ता भएका थिए । त्यस्तै पिडित सख्या हेर्ने हो भने महिला ११८ र पुरुष ११ गरि १२९ रहेको छ । अभियुक्त भने पुरुष १२५ र महिला ७२ जना गरि १९७ छन भने ८२ जना पुरुष र ४४ जना महिला गरि १२६ जना पक्राउ परेका छन भने ४३ पुरुष र २८ महिला फरार रहेका छन् ।

त्यसै गरि चालू आर्थिक बर्ष २०७९/८० मा मुद्धा दर्ता ९१ पिडित पुरुष ११ र महिला ११८ गरि १२९ जना पिडित रहेका छ्न् । त्यसै गरि अभियुक्तहरु मध्य १२५ पुरुष र ७२ जना महिला गरि १९७ जना रहेका छ्न् भने त्यस मध्य ४३ पुरुष र २८ महिला गरि ७१ जना फरार रहेको तथ्यांकमा उल्लेख गरिएको छ ।

नेपाल प्रहरीको मानव बेचबिखन अनुसन्धान ब्यूरोका प्रमुख जीवन कुमार श्रेष्ठका अनुसार गत आर्थिक बर्ष भन्दा चालू आर्थिक बर्षमा मानव बेचबिखन तथा ओसरपसार अपराधमा बृद्धी हुने बताउनु हुन्छ ।

ब्यूराेका प्रमुख श्रेष्ठ अनुसार यसरी बेचबिखनमा परेका युवा युवतीहरुलाई एक समूहले आकर्षक कामको प्रलोभन देखाएर बिदेश पुर्‍याएर बेचबिखन गरेर अलपत्र पार्ने गरेको बताउनु हुन्छ यस्तो आपराधिक कृयाकलाप बाट पिडित हुनेहरुमा अधिकांस युवा अवस्थाका देखि ४० बर्ष उमेर समुहका भएको ब्युरो प्रमुख श्रेष्ठले बताउनु भयो।

वर्किङ्ग भिसामा खाडी मुलुक जान सरकारले रोक लगाएको भए पनि यस्ता गिरोहले अधिकांस युवा युवतीलाइ भिजिट भिसामा खाडी मुलुक पुर्‍याउने  गरेको र यसरी गएर काम गर्दैआएका धेरै महिलालाइ ब्युरोले उद्धार गरि नेपाल फर्काएको ब्युरो प्रमुखको भनाइ छ । ब्युरो टोलिले मात्र २०७६ साल देखि हाल सम्ममा २३९ महिला १९४ जना पुरुष १२ जना बालिका र १७ जना बालक गरि ४८४ जनालाइ उद्धार गरिसकेको छ ।

यस्तो जघन्य अपराध रोकथामको लागि मानव बेचबिखन तथा ओसापसर नियन्त्रण ब्युरोले समय समयमा स्थानिय जनसमुदाय सङ्ग मिलेर जनचेतना मुलक कार्यक्रमको आयोजना गर्दै आएको ब्युरोको भनाइ छ ।